कोभिडबाट मृत्यु हुनेको संख्या दोब्बर नाघ्यो : डब्ल्यूएचओ

काठमाडौं । संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन २०२० मा कोभिड-१९ बाट कम्तिमा ३० लाख मानिसको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । जबकि १८ लाख भनिएको मृतकको आधिकारिक संख्याभन्दा लगभग दोब्बर हो ।
संगठनका अनुसार विभिन्न मुलुकले कोरोना भाइरसका कारण प्रत्यक्ष वा परोक्ष रूपमा मृत्युवरण गर्नेहरुको संख्या धेरै कम बताएका छन् ।
डब्ल्यूएचओले आफ्नो एक आधिकारिक रिपोर्टमा उल्लेख गरेअनुसार ३१ डिसेम्बर २०२० सम्म संसारका ८ करोड़ २० लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका थिए भने १८ लाखभन्दा बढीको मृत्यु भएको थियो ।
यद्यपि कोभिडसम्बन्धी तथ्यांकमा काम गरिरहेका संगठनका अधिकारीहरुको अनुमानअनुसार सन् २०२० मा कोभिड-१९ का कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कम्तिमा ३० लाख मानिसले ज्यान गुमाए । याे संसारभरका मुलुकले विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको कुल आधिकारिक संख्याभन्दा १२ लाखले बढी हो ।
बीबीसीको रिपोर्टमा भनिएको छ- विश्व स्वास्थ्य संगठनलाई कोभिड-१९ बाट मर्नेहरुको ताजा कुल संख्या ३३ लाख बताइएको छ ।
प्रतिक्रिया