बुधबार, असार ११, २०८२

नाइजेरियाका सेना प्रमुखकाे विमान दुर्घटनामा मृत्यु

नेपालखोज २०७८ जेठ ८ गते १२:०३

काठमाडाैं । नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको अधिकारीहरूले बताएकाे बीबीसीले जनाएकाे छ ।खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ।

दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ।राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू ‘गहिरो दु:खमा परेको’ बताएका छन्।५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।

प्रतिक्रिया