बुधबार, असार ११, २०८२

एयर इन्डियाकाे सर्भरमा साइबर आक्रमण, ४५ लाख ग्राहकको ‘डाटा’ प्रभावित

नेपालखोज २०७८ जेठ ८ गते १५:१६

काठमाडाैं ।  भारतको सरकारी स्वामित्वको एयर इन्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।

साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको बीबीसीले जनाएकाे छ ।

कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको बीबीसीले जनाएकाे छ ।

कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण कसले गर्यो भन्ने बारे केही खुलेको छैन ।

स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको एयर इन्डियाले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० तारिखसम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ । एयर इन्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया