बुधबार, असार ११, २०८२

दिल्लीमा १८ देखि ४४ वर्ष उमेर समूहलाई कोभिडको खोप दिन रोक

नेपालखोज २०७८ जेठ ८ गते २०:०९

दिल्ली । भारतको दिल्ली सरकारले १८ वर्षदेखि ४४ बर्षसम्म उमेर समूहलाई दिइँदै आइएको कोरोना भाइरसविरुद्धको खोप अभियान बन्द गरेको जनाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज शनिबार एक पत्रकार सम्मेलन गर्दै भोलि (आइतबार) देखि सो उमेर समूहका मानिसहरुलाई दिइँदै आएको कोरोना खोप अभियान बन्द गरिएको जानकारी गराएका हुन् ।

केन्द्र सरकारले थप भ्याक्सिन उपलब्ध नगराएकाले उक्त समूहलाई तत्कालका लागि खोप दिन बन्द गरिएको बताए । पछिल्लो समय दिल्ली, पश्चिम बंगाल लगाएका राज्यहरुले केन्द्र सरकारले आवश्यक भ्याक्सिन उपलब्ध नगराएको भन्दै आक्रोश पोखिरहेका छन् ।

प्रतिक्रिया