खाेपकाे दुवै डोज लगाए संक्रमण र मृत्यु जाेखिम कम

एजेन्सी । कोरोना भ्याक्सिनकाे दुबै डोज खाेप लगाउनेहरुमा संक्रमण र मृत्युको जाेखिम कम देखिएकाे छ ।
फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भ्याक्सीनको दुबै डोज लिनेहरुमा मृत्यु र संक्रमण तुलनात्मक रुपमा निकै कम पाइएकाे छ । साथै कोभिडकाे भ्याक्सीन अलग-अलग भेरियन्टमा पनि उत्तिकै प्रभावकारी छ । अहिले संसारभर कोरोना भ्याक्सीन लगाउने अभियानले तिब्रता पाइरहेकाे छ भने सबै जसाे मुलुकले खाेप अभियानलाई प्राथमिकतामा राखेका छन् ।
भनिन्छ-भ्याक्सिनेसनकाे याे बिस्तारसँगै संक्रमण र मृत्युकाे तथ्याङ्कमा पनि कमि देखा पर्न थालेकाे छ । ताजा अध्ययनअनुसार काेराेना भ्याक्सीन मानिसलाई मृत्युबाट जाेगाउन एकदम प्रभावकारी साबित भएकाे छ ।
यूनिभर्सिटी अफ फ्लोरिडाका अनुसन्धानकर्ताहरुकाअनुसार कोभिडकाे भ्याक्सिन लिनेहरुमा काेराेना संक्रमणबाट हुने मृत्यु ८५ प्रतिशतसम्म कम भएकाे पाईयाे । याे अनुसन्धान प्रतिवेदनअनुसार कोरोनाको भ्याक्सीन यूके भेरियन्ट बि.१.२.७ मा ८६ प्रतिशत, ब्राजीलकाे पि.२ स्ट्रेन मा ६१ भ्याक्सीन तथा साउथ अफ्रीकाकाे बि.१.३५१ स्ट्रेनमा ५६ प्रतिशतसम्म प्रभावकारी छ ।
अनुसन्धानकर्ताहरुकाअनुसार कोरोना संक्रमणबिरुद्ध फाइजर कम्पनीको भ्याक्सिन ९४ प्रतिशत, मोडर्नाकाे भ्याक्सिन ८० प्रतिशत , जाेनसन एन्ड जाेनसनकाे भ्याक्सिन ६५ दशमलव ५ प्रतिशत तथा एस्ट्राजेनकाे भ्याक्सिन ६० प्रतिशतसम्म प्रभावकारी पाईएकाे छ ।
पब्लिक हेल्थ बेलायतकाे अर्को अध्ययनअनुसार फाइजर-बायोएनटेक भ्याक्सिन यसकाे दूबै मात्रा लगाएकाे दुई सातापछि बी.१.६१७.२ भेरियन्टबिरुद्ध ८८ प्रतिशत प्रभावकारी साबित भएकाे छ । याे खाेप बेलायतकाे बि.१.१.७ स्ट्रेनबिरुद्ध ९३ प्रतिशत प्रभावकारी मानिएकाे छ । पब्लिक हेल्थ बेलायतले दिएकाे जानकारीमा एस्ट्राजेनेका भ्याक्सीनको दुई डाेज बी.१.६१७.२ भेरियन्टबिरुद्ध ६० प्रतिशत प्रभावकारी छ भने क्यान्ट भेरियन्टबिरुद्ध ६६ प्रतिशत प्रभावकारी छ ।
प्रतिक्रिया