कोरोनाको उपचार पद्धतीमा अनावश्यक बयान दिएको भन्दै रामदेवसँग १० अर्ब क्षतिपूर्ति माग

काठमाडौं । कोरोना संक्रमितको उपचार पद्धतीमा अनावश्यक बयान दिएको भन्दै इन्डियन मेडिकल एशोसिएसन (आई–एम–ए) ले भारतीय योगगुरु बाबा रामदेवसँग १० अर्ब क्षतिपूर्ति माग गरेको छ । आई–एम–एले भारतीय योग गुरु बाबा रामदेवको नाममा एउटा सूचना जारी गर्दै १५ दिनभित्र माफी नमागे १० अर्ब क्षतिपुर्ति दिनुपर्ने बताएको हो ।
आई–एम–एका सचिव अजय खन्नाको तर्फबाट उनका वकिल नीरज पाण्डेले ६ पृष्ठ सूचना जारी गर्दै बाबा रामदेवलाई माफी माग्न सुझाएका छन् । लिखित रुपमा माफी नमागे आई–एम–एमा आवद्ध २ हजार चिकित्सकलाई प्रतिव्यक्ति ५० लाख बराबरको क्षतिपूर्ति दिनुपर्ने बताइएको हो ।
त्यस्तै एलोपेथी तथा डाक्टरमाथि लगाएका सबै आरोपको खण्डन गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्नसमेत रामदेबलाई सूचनामा भनिएको छ । केही दिनअघि रामदेवले एलोपेथी समेत भनिने आधुनिक चिकित्सा पद्धतिबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । रामदेवले एलोपेथिक औषधिका कारण कोरोना संक्रमितको मृत्य भएको र यो विधिबाट अधिकांश रोगको उपचार हुन नसक्ने बताएपछि चिकित्सकहरुले चौतफि विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया