बुधबार, असार ११, २०८२

भारतमा आईटी सम्बन्धी नयाँ नियममा विवाद, सरकारद्वारा विवादको बचाउ

नेपालखोज २०७८ जेठ १३ गते २०:३३

दिल्ली । भारत सरकारले आईटी सम्बन्धी नयाँ नियममा भइरहेको विवादलाई लिएर बचाउन गरेको छ । आईटीमन्त्री रविशंकर प्रसादले बिहीबार यस विषयमा बोल्दै सरकारले जनताको गोपनीयताको महत्त्व राम्ररी बुझेको र यसलाई पूर्ण सम्मान गर्ने बताएका हुन् ।

यी नियमहरूको एक मात्र उद्देश्य अपराधको परिणाम दिने सन्देशहरूको प्रारम्भिक व्यक्तिलाई पत्ता लगाउनु मात्रै भएको उनले बताए । उनकाअनुसार नयाँ नियमहरू सामाजिक संजालको दुरुपयोग रोक्न मात्रै बनेको हो ।

सरकारले जनताको आलोचना र प्रश्नहरू सोध्ने अधिकारलाई स्वागत गर्दै यी नियमहरू सामाजिक सञ्जाल प्रयोग गर्ने सर्वसाधारणलाई सशक्त पार्नका लागि बनाइएका हुन् । भारतमा नयाँ नियम अनुसार, सोशल मिडिया कम्पनीहरूले गुनासो निवारण संयन्त्र बनाउनु पर्ने छ र उजूरी सम्हाल्ने अधिकारीको नाम पनि सार्वजनिक गर्नुपर्ने लगाएत रहेका छन् ।

ह्वाट्सएपले भारत सरकारका यी नियमहरूलाई अदालतमा चुनौती दिएको छ । कम्पनीले नयाँ आईटी नियमहरूको कारणले गर्दा, प्रयोगकर्ताहरूको गोपनीयता अधिकारमाथिको उल्लंघन हुने दावी गरेको छ ।

प्रतिक्रिया