आइतबार, वैशाख २३, २०८१

नापी सर्भेक्षक घुसहित पक्राउ

नेपालखोज २०७६ पुष २८ गते १९:३३

२८ पुस, मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साहलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि उनले घुस लिएको पिडितले बताएका छन्। आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित बेलबारी नगरपालिका–१० भाउन्ने चोकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया