भारतमा कोरोना संक्रमण दर घट्दै
नेपालखोज
२०७८ जेठ १४ गते १४:२१

काठमाडाैं । भारतमा कोरोना संक्रमण घट्दै गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत चाैबीस घण्टामा १ लाख ८६ हजार जनामा नयाँ संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमकाअनुसार यो ४४ दिन यताकै सबैभन्दा कम हो । यस अवधिमा २ लाख ५९ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
जसले गर्दा सक्रिय संक्रमितको संख्या पनि घटेर २ लाख ४३ हजारमा झरेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको दर ९० प्रतिशत पुगेको छ । हालसम्म मभारतमा २० करोड ५७ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया