निषेधाज्ञा अवधिभर मासिक १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्नेलाई ५० प्रतिशत महसुल छुट
नेपालखोज
२०७८ जेठ १५ गते १७:०५

काठमाडौं । निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्ताले मासिक २० यूनिटसम्म खपत गर्नेलाई १७ प्रतिशत, मासिक १ सय ५० यूनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय ५० यूनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिने सरकारले घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेललेशनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै उत्पादन मुलक उद्योग, होटेल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमाण्ड शुल्क पनि छुट दिइने बताए ।
साथै कोभिड महामारीका कारण संचालनमा आउन नसकेको होटेललाई आइसोलेसन सेन्टरको रुपमा संचालन गरेमा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिमको रकम उपलब्ध गराउने पनि व्यवस्था गरिएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया