सोमबार, असार २३, २०८२

कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड विनियोजन

नेपालखोज २०७८ जेठ १५ गते १७:१९

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ वर्षका लागि कृषि विकास मन्त्रालयका लागि ४५ अर्ब नौ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिलाई आधुनिकीकरण, किसानलाई अनुदान र खाद्यवस्तुमा आत्मनिर्भर हुने लक्ष्यका साथ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै चिनी मिलमा उखु बिक्री गरेको १५ दिनमा अनुदान दिन ८४ करोड रुपैयाँ विनियोजन भएको बताए ।

दूध सङ्कलन र चिस्यान केन्द्रको स्थापना गरिने भएको छ । हिमाली जिल्लामा व्यावसायिक स्याउ खेती प्रवर्द्धन गरिने कार्यक्रम बजेटमा रहेका छन् ।

प्रतिक्रिया