स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन
नेपालखोज
२०७८ जेठ १५ गते १७:२३

काठमाडाैं । आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएकाे छ ।
यस वर्ष मन्त्रालयलाई बजेट बढाइएकाे अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिए । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री पौडेलले बताए ।
यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया