सोमबार, असार २३, २०८२

जनता आवास कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन

नेपालखोज २०७८ जेठ १५ गते १८:०८

काठमाडौं । सरकारले सुरक्षित नागरिकको जनता आवास कार्यक्रम अन्तरगत १ लाख ६८ हजार घरका खर र फुसका छानालाई जस्तापाताले प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।

यसका लागि सरकारले हाल प्रदान गर्दै आएको अनुदान रकममा ५० प्रतिशत वृद्धि गरि प्रतिघर ७५ हजार पुर्याइएको छ । यसका लागि सरकारले ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ताप्लेजुङ, सर्लाही, मकवानपु, पवर्त, प्यूठान, जुम्ला, डडेल्धुरा लगायत ७३ जिल्लाका अति विपन्न, लोपान्मूख र सिमान्तकृत वर्गका २१ हजार ८ सय परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत निर्माणाधिन आवास यसै वर्षभित्र सम्पन्न गरि हस्तान्त्रण गर्ने सरकारको लक्ष्य छ । यसका लागि २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएकोछ ।

प्रतिक्रिया