मंगलबार, वैशाख १६, २०८२

भियतनाममा ‘हावाबाट फैलने’ कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

नेपालखोज २०७८ जेठ १६ गते १२:०४

काठमाडाैं । भियतनामले कोरोनाभाइरसको नयाँ भेरियन्ट पहिचान गरेको छ । जुन भारतीय तथा यूके भेरियन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका बीबीसीले उल्लेख गरेको छ ।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक बताएका छन् । भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरियन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँ छन् ।

सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड(१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन् । स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ ।

भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरियन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरियन्ट देखेकिएकाे जनाइएकाे छ । उनले नयाँ ठिमाहा भेरियन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।

अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका बीबीसीले जनाएकाे छ । उनले भाइरसको यस भेरियन्टको वंशाणुगत सङ्केतु छिट्टै उपलब्ध गराइने बताएका छन् ।

प्रतिक्रिया