सोमबार, असार २३, २०८२

रोकियो नेप्सेको उच्च वृद्धिदर, ४५ अंकले घट्दा १३ अर्ब ९० करोडको सेयर किनबेच

नेपालखोज २०७८ जेठ १७ गते १५:४६

काठमाडौं । नेप्सेको उच्च अंकको वृद्धिदर रोकिएको छ । अघिल्लो दिन १२ दशमलव ५४ अंकले बढेर एकै दिन १७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकामा साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्से ४५ दशमलव २५ अंकले घटेर २७ सय ८२ दशमलव ६८ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ५८ अंकले घटेर पाँच सय दशमलव ४ ७ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १८ वटा कम्पनीहरुको एक लाख ४८ हजार सात सय १५ पटकको कारोबारमा तीन करोड आठ लाख ८८ हजार छ सय ९५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ९० करोड ९१ लाख १३ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार हुँदा सामूहिक लगानी कोष समूहको सूचक सामान्य अंकले बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव दुई अंकले घटेर १८ सय ५७ दशमलव ९७ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ८० दशमलव ८८ अंकले घटेर १४ हजार चार सय ४४ दशमलव ७९ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि तीन सय ५६ दशमलव नौ अंकले घटेर १८ हजार एक सय ७६ दशमलव ८८ अंकमा पुग्दा विकास बैंक, जलविद्युत्, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् ।

आज राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेर १२ सय ५६ रुपैयाँमा कारोबार हुँदा छ्याङदी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव १३ प्रतिशतले घटेर तीन सय ९८ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज कारोबारका आधारमा पनि पहिलो स्थानमा परेको राधी जलविद्युत्‌को प्रतिकित्ता १२ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा ९० करोड ४२ लाख २० हजार आठ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया