सोमबार, असार २३, २०८२

बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीको आग्रह

नेपालखोज २०७८ जेठ १७ गते १६:१०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ल्याएको बजेटको कार्यान्वयन पक्ष माध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेबिनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहे पनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालउद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताए ।

उनले भने ‘बजेट भाषण आफैँमा खराब हुँदैन । बजेटमा सरकारले दिन्नभन्ने केहि छैन । सबै चिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्ने माध्यान दिनुपर्ने देखिन्छ ।’

उनले गत वर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गरे । तल्लो तप्काका जनता जो कमाएर साँझ बिहान हात मुख जोड्नु पर्ने अवस्थाका छन् उनीहरुलाई बजेटले के इफेक्ट गर्ला भन्नेमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

उनले सरकारले बजेटमार्फत साना तथा मझौला उद्योगलाई छुट दिने भने पनि जब व्यापार नै छैन भने छुटको के मतलव भयो ? भन्दै प्रश्न गरे ।

अहिले सरकार ऋणात्मक बजेटमा रहेको भन्दै उनले यो अवस्थामा सरकारले सामाजिक सुरक्षा भत्ता, राष्ट्र सेवकको भत्ता बढाउन नहुने बताए ।

उनले भने, ‘जब देश समृद्धि हुन्छ, तब सामाजिक सुरक्षा बढाउनु राम्रो हुन्छ । अहिले १०० बढाएर केहि उपलब्धी हुन्छ जस्तो लाग्दैन । राष्ट्र सेवकको २ हजार तलव बढाएर केहि फरक पार्दैन । यो देखावटी मात्र हो ।’

कार्यक्रममा नेपाल हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र, साना तथा मझौला व्यवसाय, विद्युतीय सामानको भन्सार छुट लगायतका पक्षलाई समेट्न सकेको भन्दै यो राम्रो पक्ष रहेको बताउए ।

उनले बजेटले स्वदेशी उत्पादनलाई महत्वदिएको भन्दै लागु भएमा नेपालको उत्पादन क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने बताए । बजेट राम्रोसँग कार्यान्वय भएमा नेपालको आर्थिक विकासमा टेवापुग्ने उनको भनाइ छ ।

उनले भने, ‘बजेटले धरासायी भएका व्यवसायलाई पुनर्कर्जाको व्यवस्था गरेको छ । यो राम्रो पक्षहो ।तर कार्यान्वयनपक्ष कस्तो हुन्छ,त्यस माध्यान दिनुपर्ने देखिन्छ ।’

हस्तकला महासंघ वाग्मति प्रदेशका अध्यक्ष होम नाथ उपाध्ययले बजेट कार्यान्वयनमा विशेष ध्यानदिनुपर्ने बताए । उनले भने, ‘बजेटमा ६२ प्रतिशत राजस्व असुली भन्ने छ,त्यो कति सम्भव छ ।

त्यसतर्फ ध्यान दिनु पर्ने छ ।’ गत वर्षहरुमा पनि सरकारले सर्टिफिकेट धितोमा राखेर लोन दिने भनेपनि खासै कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

सरकाले ल्याएको बजेट कार्यान्वयमा सबै लाग्नु पर्ने उनले बताए । कार्यक्रममा मिनरल वाटर एसोसिएसनका पूर्व अध्यक्ष धर्मनन्द श्रेष्ठले चुनावलाई रिझाउने खालको बजेट आएको बताए ।

अध्यादेशबाट बजेट आएको भन्दै राजनीतिक तरलताका कारण सकारात्मक रुपमा लिन नसकिएको उनको भनाई छ । अर्बौ रुपैयाँको आयत गरेर देश घाटामा गएको अवस्थामा उत्पादनलाई बजेटले छुन नसकेको उनले बताए ।

चुनावी बजेट भएकाले उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ । नेपाल व्यापार संघका अध्यक्षकुमार कार्कीले कार्यान्वयनमा ध्यान दिन सके बजेटले सबै कुरा समेटेको बताए । तर बजेटले लत्ताकपडा आयतमाभन्सार छुट दिन नसकोको भन्दै चर्को भन्सार कर तिर्न बाध्य भएको गुनासो गरे ।

राष्ट्रिय व्यापार संघका उपाध्यक्ष सरोज कुमार श्रेष्ठले सरकारले उद्योग क्षेत्रमा व्याजदर कमी गरे पनि पहुँचवालालाई मात्र सहजभएको बताए । कोरोनाकाकारण उद्योग, व्यापारको अवस्था नाजुक भएको अवस्थामा पुनरुत्थान गर्ने नीतिगत रुपमा सरलिकृत हुनुपर्ने उनको भनाइ छ ।

मह व्यावसायी धर्मराज श्रेष्ठले कृषि क्षेत्रमा पनि कच्चा पदार्थ र कामदारको अभाव हुन थालेको बताए । कृषि क्षेत्रलाई बैंकले व्याजदरमा छुट नदिएको उनको गुनासो छ ।

नेपाल मौरीपालनमा आत्मनिर्भर हुन नसकेको भन्दै अन्य देशबाट मह ल्याउनु परेको बताए । व्यावसायी रमेशचन्दवादे श्रेष्ठले बजेटमा मेडइन नेपाल र मेकइन नेपाल भन्ने अवधारण राम्रो रहेको बताए ।

आयत प्रतिस्थापन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ । विगतमा बजेट कार्यान्वयको पक्ष फितलो हुने गरेको भन्दै उनले बजेट सहि कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा होटल व्यवसायी कमल शर्माले बजेट सुन्दा राम्रो देखिएको तर व्यबसायीले प्रत्यक्ष लाभ लिन नसक्ने बताए । उनले पनि बजेटको कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमाजोड दिए ।

प्रतिक्रिया