पुरानो संसद भवन भत्काएर विदेशी पाहुना गृह बनाउन संसदीय समितिको निर्देशन
२९ पुस, काठमाडौँ । भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर नयाँ बनाउन संसदीय समितिले निर्देशन दिएको छ ।मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले क्षेतिग्रत राणकालिन भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन असम्भव रहेको भन्दै भत्काएर ‘स्टेट हाउस’ अर्थात विदेशी पाहुना गृह बनाउन निर्देशन दिएको हो ।समितिले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार यस्तो निर्देशन दिएको हो ।
भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद रहेको थियो । सिंहदरबारभित्र रहेको राणाकालिन भवन जिर्ण हुँदै गएपछि प्लाष्टिकले बारेर प्रयोगबिहिन अवस्थामा रहेको थियो ।
समितिकी सभापति कल्याणी खड्काले पुरानो कला संस्कृति कायमै रहने गरी नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।
प्रतिक्रिया