असल मान्छे
कलाकार/निर्देशक-अनुप बराल
२०७८ जेठ १९ गते ८:०२

हेर्दा हेर्दै
एउटा तारा खस्यो
र
छोडेर गयो जीवनको सबै भन्दा गाढा रंग
र केही थान
असली विचारहरु
उ खस्नुको सार्थकता
अब
उ जस्तै अरु थुप्रै ताराहरु
खस्न नदिनुमा छ ।
सानो छँदा हजुरआमा
मलाई कथा सुनाउनु हुन्थ्यो
मान्छे जब थोरै बोल्छ
र धेरै काम गर्छ
उ असल मान्छे र तारा दुवै हुन्छ ।
कलाकार/निर्देशक-अनुप बराल
सम्बन्धित
प्रतिक्रिया