सुनकाे मूल्य स्थिर, चाँदीकाे कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ १९ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य स्थिर रहेको छ । सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो पनि तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया