अर्थ मन्त्रालयले भन्यो- चुरे क्षेत्र दोहन हुन दिइन्न
नेपालखोज
२०७८ जेठ १९ गते १५:४०

काठमाडौं । अर्थ मन्त्रालयले चुरे क्षेत्र दोहन हुन नदिने प्रतिवद्धता जनाएको छ । सरकारले बजेटमार्फत खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा घटाउने बताएपछि यतिबेला चौतर्फी विरोध भइरहेको छ ।
अर्थ मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार चुरेरभावररशिवालिक र नदी प्रणालीबाहेक उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको जनाएको छ ।
चुरे क्षेत्रबाट निर्माण सामग्रीको दोहन हुन नदिन र वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
प्रतिक्रिया