सोमबार, असार २३, २०८२

सुनचाँदीकाे मूल्य बढ्याे

नेपालखोज २०७८ जेठ २० गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज सुन चार सय रुपैयाँले बढेको छ । सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया