आजदेखि तीन अन्तर्राष्ट्रिय उडान सञ्चालन, यस्तो छ उडान तालिका

काठमाडौं । सरकारले आजदेखि तीन अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड-१९ महामारी नियन्त्रण गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि बन्दकैबीचमा तीन देशमा भने आजदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेको हो ।
मन्त्रिपरिषद्को १३ जेठको बैठकले भारत, कतार र टर्कीमा विशेष उडान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरी विशेष उडान तालिका बनाएको छ ।
अब तीन देशमा सातामा पाँच उडान हुनेछन्। नेपाल-टर्की उडान आजदेखि सञ्चालन भएको छ । आज टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउनेछ। त्यस्तै, आजै राति ११ :०५ बजे इस्तानबुल फर्किनेछ। हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै, २४ जेठबाट हरेक सोमबार नेपाल-कतार उडान हुने भएको छ। नेपाल एयरलाइन्सले काठमाडौंबाट दोहाका लागि उडान गर्ने तालिका रहेको छ। हरेक सोमबार नेपाल एयरलाइन्सको जहाजको काठमाडौं-दोहा-काठमाडौं उडान तालिका रहेको छ।
यस्तो छ उडान तालिका

प्रतिक्रिया