प्रदेश अस्पताल सुर्खेतमा भर्ना हुने कोरोना संक्रमित घटे
नेपालखोज
२०७८ जेठ २२ गते ७:४५

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पतालमा कोरोना संक्रमितको चाप कम हुँदै गएको छ ।
कोरोनाको दोस्रो भेयिन्ट फैलिएसँगै संक्रमित मध्ये एकै दिन करिब १० प्रशितले ज्यान गुमाउनु परेको अस्पतालमा संख्या घट्दै गएको हो ।
अस्पतालका फिजिसिएन तथा कोरोना फोकलपर्सन डा.केएन पौडेलले हाल कोरोना संक्रमितको डिस्चार्ज हुने संख्यामा वृद्धि भएसँगै बेड खाली हुन थालेको बताए ।
उनकाअनुसार हाल अस्पतालमा एक साता यता कम्तिमा केहि बेड खाली हुने गरेको छ ।
केही समय अघिसम्म दैनिक ८ देखि १० जनासम्म जटिल समस्याका बिरामी आउने गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया