मंगलबार, वैशाख ३०, २०८२

मानव अधिकार आयोगले भर्चुअल कार्यक्रम गरी मनायो वातावरण दिवस

नेपालखोज २०७८ जेठ २२ गते १४:५२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै भर्चुअल माध्यम कार्यक्रम गरिएको जानकारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको कानून संकाय तथा वातावरणीय कानून समिति, सर्वोच्च अदालत बार एसोसिएशन र प्रोपब्लिक नेपालको सहकार्यमा गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय वातावरण विज्ञहरुबाट प्रस्तुतीकरण भएको जनाइएको छ ।

त्यसक्रममा विज्ञहरुले वातावरणीय प्रदूषणका कारण विश्वका मानव मात्र नभई जीवजन्तु र वनस्पतिसमेत प्रभावित बनेको औँल्याएका छन् । साथै आयोगले विज्ञप्तिमार्फत प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक दोहन र वातावरण प्रदूषण रोक्ने सम्बन्धमा प्रभावकारी र अर्थपूर्ण कार्यक्रमहरु बनाउन तथा वातावरण प्रदूषणमा संलग्न सबैलाई कानूनबमोजिम कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।

उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणमा पर्ने असरबारे सचेतता अपनाउन आयोगले सम्पूर्ण व्यवसायिक समुदाय र निजी क्षेत्रलाईसमेत अपिल गरेको छ ।

प्रतिक्रिया