मंगलबार, वैशाख ३०, २०८२

सन्दीपले भाइटालिटी टी-ट्‌वान्टी खेल्न नपाउने

नेपालखोज २०७८ जेठ २२ गते २०:१९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा आयोजना हुने भाइटालिटी टी-ट्‍वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् ।

बेलायतको भिसा ढिला आएकाले सन्दीपले भाइटालिटी ब्लास्ट क्रिकेट गुमाउने पक्का भएको हो । सन्दीपका म्यानेजर रमण शिवाकोटीले भिसा र क्‍वारेन्टिनका कारण प्रतियोगिता गुमाउने भएको बताए ।

कोरोनाका कारण बेलायत सरकारले नेपाललाई अझै पनि रेड लिस्टमा राखेको छ । बेलायत जानका लागि तेस्रो मुलुकमा १० दिन क्‍वारेन्टिन बस्नुपर्ने नियम छ । भाइटालिटी ब्लास्ट यही जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका छ ।

वोर्सेस्टरशायर र्‍यापिड्समा आबद्ध सन्दीप पहिलोपटक यस प्रतियोगिता खेल्ने तयारीमा थिए । सन्दीपले भिसा ढिला आएपछि सामाजिक सन्जालमा समेत आक्रोश पोखेका थिए ।

प्रतिक्रिया