मंगलबार, असार १७, २०८२

जनमोर्चाका नेता थापाको रिटमाथि आज सुनुवाइ हुँदै

नेपालखोज २०७८ जेठ २३ गते ९:५६

काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सांसद पद यथावत राखिपाऊँ भन्दै सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

आफ्नो सांसद पद खारेज गर्ने पार्टीको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिटको पेसी आजलाई तोकिएको छ ।

पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।
जनमोर्चा केन्द्रीय सदस्यसमेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ ।

उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

प्रतिक्रिया