सोमबार, वैशाख २४, २०८१

मंगल ग्रहको माटो पृथ्वीमा ल्याउन एक दशक लाग्ने

नेपालखोज २०७८ जेठ २३ गते १२:३२

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाले मंगल ग्रहको माटो पृथ्वीमा ल्याउने भएको छ । नासाले अहिलेलाई मंगल ग्रहको करिब १ किलो माटो पृथ्वीमा ल्याउन लागेको हो। जसको प्रयोग विभिन्न किसिमका अध्ययन–अनुसन्धानका लागि हुने बताईएको छ । लागत खर्चको हिसाबले मंगल ग्रहको त्यो माटो पृथ्वीकै सर्बाधिक महगों बस्तु हुनेछ । नासाले उक्त माटोमार्फत मंगल ग्रहको ईतिहासमा जिवको अस्तित्व थियो कि थिएन भन्ने तथ्य खोज्ने प्रयास गर्नेछ ।

तीन वटा मिसनमार्फत पूरा गरिने यो अभियानमा कुल ९ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान छ । यदि मंगल ग्रहको माटो पृथ्वीमा ल्याउन सकियाे भने त्यो बैज्ञानिकहरुका लागि ठूलाे उपलब्धि हुनेछ । बैज्ञानिकहरुले अहिलेसम्म अन्तरीक्ष यानले पठाएको तस्बिरका आधारमा मंगल ग्रहको सतहसम्बन्धि जानकारी पाएका छन ।

नासाको तिनवटा मिसन अन्तरगत पहिलो मिसनमा मंगल ग्रहको माटोको नमुना खोज्ने तथा बटुल्ने काम हुनेछ भने दोस्रो मिसनले जम्मा पारिएको माटो प्याकीङ गर्नेछ । तेस्रो मिशनले त्यो प्याकीङ माटोलाई पृथ्वीमा ल्याउनेछ । सन् २०२३ सम्म मंगल ग्रहको माटोको नमुना संकलन पूरा भए पनि त्यसलाई पृथ्वीसम्म ल्याउन अझै एक दशक लाग्न सक्ने जानकारी नासाले दिएको छ ।

प्रतिक्रिया