मंगलबार, असार १७, २०८२

२४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ जेठ २३ गते १५:५०



काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) २४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती जेठ २५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १२ अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको एक अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २२ गते, एक सय ८२ दिनेट्रेजरीको परिपक्व हुुने अवधि वि.सं २०७८ मंसिर तीन २१ र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं २०७९ साल जेठ २४ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुुने ट्रेजरीमा पुरानो नविकरण र नयाँ दुुबै रहेका छन् । यसअघि यही जेठ १७ गते पनि राष्ट्र बैंकले २६ अर्ब १३ करोड रुपैयाँ बराबरकोट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया