बुधबार, असार १८, २०८२

चीनले विकास गर्‍याे तीन वर्षका बालबालिकाका लागि काेराेनाविरुद्धकाे खाेप

नेपालखोज २०७८ जेठ २३ गते १६:२९

काठमाडाैं । चीनले तीनदेखि १७ वर्ष उमेर समूहका लागि काेराेनाविरुद्धकाे खाेप विकास गरेकाे छ । सिनोभ्याक बायोटेकको उक्त खाेपलाई आपतकालीन प्रयोगमा ल्याउन स्वीकृति समेत प्रदान गरिएकाे छ ।

काेराेनाकाे तेस्रो लहरले बालबालिकाहरुलाई बढि पिराेल्ने अनुमान गरिएकाे वर्तमान परिस्थितिमा चिनकाे याे उपलब्धिलाई निकै महत्त्वपूर्ण मानिएकाे छ ।

यसका साथै तीन वर्षका बालबालिकाहरुका लागि काेराेनाविरुद्धकाे खाेप बिकसित गर्ने मुलुकमा चिन पहिलाे समेत भएकाे छ । चिनमा अहिलेसम्म १८ वर्ष माथिका लाई मात्र खाेप दिदैं आएकाे थियाे ।

अमेरिका , बेलायत सहित युरोपेली मुलुक तथा हङकङमा १२ देखि १६ वर्षका किशोर-किशोरीहरुलाई खाेप उपलब्ध गराईदै आएकाे छ । चीन काे सरकारि कम्पनी सिनोफर्मले पनि टिनएजरहरुकाे खाेपलाई अनुमति प्रदान गर्न सम्बन्धित निकाय समक्ष अनुराेध गरेकाे छ ।

सिनोफर्म ले काेराेनाविरुद्धकाे खाेपका लागि सिनोभ्याक कम्पनी कै प्रबिधि प्रयोग गरिरहेकाे छ । चिनकै खाेप निर्माता कम्पनी क्यानसीनो बायोलाेजिक्स ले पनि ६ देखि १७ वर्ष उमेर समुहका लागि काेराेनाविरुद्ध काे खाेप विकसित गरेकाे छ जसकाे प्रविधि सिनाेभ्याक भन्दा केही अलग छ र अहिले यसकाे दाेस्रो चरणको परीक्षण चलिरहेकाे छ ।

सिनोभ्याक बायोटेकका सीईओ यिन वेइदोङका अनुसार खाेपकाे पहलाे तथा दाेस्रो चरणको परीक्षणमा हजाराै बालबालिकालाई सहभागी गराईएकाे थियाे जसकाे परिणाम सकारात्मक छ अर्थात याे खाेप बालबालिकाहरुका लागि पूर्ण सुरक्षित एवं प्रभावकारि सावित भएकाे छ ।

प्रतिक्रिया