देशैभरको मौसममा बदली, फेरि पानी पर्ने, दुईदिन पछि मौसममा सुधार
नेपालखोज
२०७६ माघ २ गते ८:१४
२ माघ, काठमाडौं । आज (आज) बिहिबारदेखि फेरि देशभरको मौसममा बदली आएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुईदिन अघि पश्चिमी भू–भागबाट नेपाल प्रवेश गरेको प्रणालीको असर पश्चिमी भू–भागमा देखिसकेको छ भने मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर दुईदिनसम्म् देशैभर पर्नेछ ।
आज काठमाडौंसहित देशका विभिन्न भू–भागमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पर्सिदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया