मंगलबार, वैशाख १६, २०८२

चौबीस घण्टामा ६ हजार ९५१ डिस्चार्ज, ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ २४ गते १७:४१

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ९५१ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।यससँगै कोरोना संक्रमण निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

त्यस्तै, चौबीस घण्टामा ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३७० जनामा र ५ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११०२ जनामा गरि कुल ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् ।

त्यस्तै, सोहि अवधिमा ९२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ७ हजार ९९० पुगेको छ ।

प्रतिक्रिया