जर्मन सरकारले नेपाललाई पठाएको स्वास्थ्य सामग्री आइपुग्याे
नेपालखोज
२०७८ जेठ २५ गते १२:३९

काठमाडाैं । कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई पठाएको स्वास्थ्य सामग्री आइपुगेको छ ।
नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित आइसोलेसन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार पाँच सय केएन नाइन्टी फाइभ मास्क, २५ हजार लिटर ह्यान्ड स्यानिटाइजर लगायत रहेकाे जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया