मंगलबार, असार १७, २०८२

योगेश भट्टराईले सुझाए एमाले एकताको मूल जड

नेपालखोज २०७८ जेठ २६ गते ९:४३

काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले एमाले एकताको मुल जड सुझाएका छन् ।

बुधबार बिहान समाजिक सञ्जालमार्फत उनले यस्तो उपाय सुझाएका हुन् । त्यसक्रममा उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्को समूूह झलनाथ खनाल-माधवकुमार नेपालको चरित्रको आलोचना पनि गरेका छन् ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’ भट्टराईले लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।’

कस्ले, किन र के का लागि गर्दैछ यो सब उनले प्रश्नसमेत गरेका छन् । यस बिषयमा दुबै पक्षबीच गम्भिर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको भट्टराईले औल्याएका छन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै

प्रतिक्रिया