मंगलबार, असार १७, २०८२

यो वर्षको पहिलो सूर्य ग्रहण, हुनेछ ‘रिङ अफ फायर’

नेपालखोज २०७८ जेठ २७ गते ५:५५

काठमाडौं । ज्येष्ठ महिनाको कृष्ण पक्षमा पर्ने अमावश्या तिथि अर्थात् आज (बिहीबार) संसारका विभिन्न भागबाट सूर्य ग्रहण देखिँदै छ ।

यो विक्रम संवत २०७८ तथा इस्वी संवत २०२१ दुवैको पहिलो सूर्य ग्रहण हो । आज देखिने सूर्य ग्रहणमा सूर्य रातो चम्किलो बाला (चुरा) जस्तो देखिनेछ । यसलाई रिङ अफ फायर (Ring Of Fire) पनि भनिन्छ ।

खगोल वैज्ञानिकहरुका अनुसार अमावश्या (औंशी) का दिन जब सूर्य र पृथ्वी को बीचमा चन्द्रमा आउँछ तब सूर्यमा चन्द्रमाको छाया परि सूर्यको केही भाग कालो देखिन्छ त्यसैलाई ग्रहण भनिन्छ ।

चन्द्रमाको छायाले सूर्यलाई पूर्ण रूपमा छोपेको स्थितिलाई पूर्ण सूर्य ग्रहण भनिन्छ भने चन्द्रमाले सूर्यलाई पूरै छोप्न नसक्दा सूर्यको बीच भाग कालो देखिन्छ अनि वरिपरिको भाग मात्र देखिएर सूर्यले रातो बाला वा चुराको रुप लिन्छ । यही स्थितिलाई रिङ अफ फायर भनिन्छ । यो दिन शनि जयन्तीका साथै सावित्री व्रत पनि बस्न सकिन्छ ।

ज्योतिषशास्त्रअनुसार सूर्य ग्रहण वृष राशि र मृगशिरा नक्षत्रमा लाग्नेछ । खगोल वैज्ञानिकहरुले भोलिको ग्रहणलाई पूर्ण सूर्य ग्रहण भनेका छन् । यद्यपि दक्षिण एसियाली क्षेत्रमा भने आंशिक सूर्य ग्रहण देखिनेछ । आंशिक सूर्य ग्रहणलाई खण्डग्रास पनि भनिन्छ ।

यो ग्रहण क्यानडा, रुस, ग्रिनल्यान्डमा पनि देख्न सकिन्छ । यहाँ यो सूर्य ग्रहण पूरा हुनेछ । यसबाहेक सूर्य ग्रहण उत्तर अमेरिका, युरोप र उत्तर एसियाको केही भागमा पनि देखिनेछ ।

सूर्य ग्रहणको समय
आजको सूर्य ग्रहण दिउँसो १ बजेर ५७ मिनेटमा प्रारम्भ भई साँझ ६ बजेर ५६ मिनेटसम्म रहनेछ ।

प्रतिक्रिया