शुक्रबार, माघ २५, २०८१

सांसद चौधरीको गिती भिडियो सार्वजनिक

नेपालखोज २०७६ असोज १४ गते २२:१४

१४ असोज, काठमाडौं । सांसद शान्ता चौधरीको संघर्ष र रचनामा आधारित गीति भिडियो आज सार्वजनिक गरिएका छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले भिडियो सार्वजनिक गर्नु भएको हा । लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा

Advertisement

भिडियो सार्वजनिक गर्नु हुँदै प्रधानमन्त्री ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ ।

हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधिसम्म हासिल गर्न शुभकामना दिनुभयो । नेकपा संसदीय दलका सचेतक चौधरीले आफूले गरिबीका कारण पढ्ने र खेल्ने उमेरमा बाबुआमाको साथ नपाई जमीनदारको घरमा श्रम गर्नु परेका सङ्घर्षका क्षणहरु समेटेर रचना गरिएको बताउनुभयो । चार गीतको एल्बममा बद्री पङ्गेनी, शिशिर योगी, अञ्जु पन्त लगायतको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत छ । चौधरीको ‘कमलरीदेखि सांसद्सम्म’ पुस्तक प्रकाशित छ ।

प्रतिक्रिया