शुक्रबार, वैशाख १२, २०८२

युरिक एसिडबाट बच्ने उपाय

नेपालखोज २०७६ कार्तिक १७ गते ६:५१

युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ। यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ। प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ।
खाना पूरै बार्नेभन्दा सन्तुलित भोजन जरुरी

युरिक एसिडबाट बच्ने उपाय :

१. नियमित व्यायम गर्ने।

२. पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ।

३. धूमपान र मध्यपानबाट टाढै बस्ने।

४. प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने।

५. गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने।

६. शरीरको वजन घटाउने।

७. नियमित औषधिको प्रयोग गर्ने।

८. समय-समयमा चिकित्सकको परामर्श लिने।

प्रतिक्रिया