शुक्रबार, वैशाख १४, २०८१

संसारकै फेवरेट सेलिब्रेटी सावित भइन प्रियंका

नेपालखोज २०७६ मंसिर ५ गते १०:२४

काठमाडौं । बलिउडमा लामो समयदेखि एकछत्र राज गरेका बलिउड किङ सलमान खान र शाहरुख खानलाई उछिन्दै प्रियंका चोपडा सबैभन्दा धेरै खोजिने सेलिब्रेटीमा परेकी छन् ।

बलिउडदेखि हलिउडसम्म पुगेकी अभिनेत्री प्रिंयका चोपडालाई ग्लोबल आइकनको रुपमा लिइन्छ । पछिल्लो समय बलिउड र हलिउड दुबै चलचित्रमा खासै नदेखिए पनि हालै गरिएको एक सर्वेले उनी भारतको मात्रै नभएर संसारकै फेवरेट सेलिब्रेटी सावित भएकी छिन् ।

उक्त सर्वेमार्फत प्रिंयका टप भारतीय अभिनेत्री सावित भएकी छिन् । सर्वेमा अक्टुबर २०१८ देखि अक्टुबर २०१९ सम्मको समयावधिलाई समेटेको छ । रिर्पोटका अनुसार २०१९ मा अभिनेत्री प्रिंयका चोपडालाई २.७४ मिलियन पटक सर्च गरिएको छ ।

अभिनेत्रीमा प्रिंयका पछि दीपिका पादुकोण र तेस्रोमा सनी लियोनी परेकी छिन् । यस्तै सलमानलाई भने अक्टुबर २०१९ मा १.८३ मिलियन पटक सर्च गरिएको छ ।

सलमान पछि दोस्रो स्थानमा शाहरुख खान र तेस्रो स्थानमा अमरिस पुरी परेका छन् । तर अभिनेता र अभिनेत्री दुबैको तुलनागर्दा प्रिंयका चोपडा सलमान र शाहरुख भन्दा पनि अघि देखिएकी छिन् । एजेन्सी

प्रतिक्रिया