मंगलबार, वैशाख ११, २०८१

अमिताभको ‘कौन बनेगा करोडपति’ बन्द हुँदैछ

नेपालखोज २०७६ मंसिर १० गते ८:०८

१० मंसिर, काठमाडौँ । टीआरपी चार्टमा सधैं शीर्ष १० मा रहन सफल भारतीय टेलिभिजनको लोकप्रिय गेम शो ‘कौन बनेगा करोडपति’ को ११ औं सीजनको अन्तिम शो शुक्रबार हुने भएको छ ।

शोका होस्ट अमिताभ बच्चनको स्वास्थ्य केही दिनअघि खराब भएपछि अस्पताल भर्ना भएका थिए । उनको खराब स्वास्थ्यका कारण शो छिट्टै बन्द हुन लागेको खबर आएको थियो । तर शोको आरम्भमै बच्चनले शोको अन्तिम एपिसोडको डिटेल पनि दिइसकेका थिए ।

शो शुरू हुनुअघि नै शोका सबै योजना बच्चनले आधिकारिक रूपमा घोषणा गरि सकेका थिए । केबीसीका होस्ट अमिताभ बच्चनले यसपालि केबीसी १३ हप्ता मात्र चल्ने र सीजनमा कुल ६५ एपिसोड हुने यसअघि बताएका थिए ।

यसपालि शोमा हप्ताको चार दिन प्रतियोगीहरूले आफ्नो प्रतिभा देखाएका छन् । शुक्रवारको दिन चाहिँ कर्मवीर एपिसोड राखियो । रियल लाइफ हिरोहरूले त्यसमा प्रश्नको जवाफ दिए । यसपाली केबीसीमा सात करोड भारु पुरस्कार राखिएको थियो । त्यसका लागि प्रतियोगीहरूले १६ प्रश्नको सही उत्तर दिनुपर्ने हुन्थ्यो । तर अहिलेसम्म कुनै पनि प्रतियोगीले सात करोड जित्न सकेका छैनन् ।

चार प्रतियोगीले भने एक करोड भारु जितेका छन् । यो शुक्रबार ‘कौन बनेगा करोडपति’ को फिनाले एपिसोड हुनेछ । यस सीजनको टीआरपी चार्टमा केबीसी सधैं शीर्ष १० मा रहन सफल रहेको छ ।

प्रतिक्रिया