शनिबार, वैशाख १५, २०८१

कास्की–२ मा दोब्बर मतले विद्याको अग्रता

नेपालखोज २०७६ मंसिर १५ गते ११:२९

१३ मंसिर, पाेखरा । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले ८ हजार २६५ मत प्राप्त गरेकी छिन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् । यी दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ ।अर्थात नेकपा उम्मेदवार भट्टराई दोब्बर मतले अगाडि छिन् ।

त्यस्तै, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत, साझा पार्टीकी रजनी केसी ९० मतमा र राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन् । हालसम्म १२ हजार ६ सय २६ मत गणना भएको थियो । मतगणना जारी छ ।

प्रतिक्रिया