मंगलबार, वैशाख ११, २०८१

राष्ट्र बैंकले भोलीदेखि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपालखोज २०७६ मंसिर १५ गते १४:२५

१५ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही मंसिर १६ गते देखि ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा सोमवार दिउँसो २ बजे विक्री गरिने राष्ट्र बैंकले जनाएको छ । यसैगरी, बिलको निष्कासन मंसिर १७ गते मंगलवार गरिने छ ।

११ दिने अवधिको ट्रेजरी बिल खरीद गर्न चाहानेले आगामी फागुन २० गते ब्याजसहित साँवा फिर्ता पाउनेछन् । बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गर्दै छ।

राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

 

प्रतिक्रिया