बिहीबार, वैशाख १३, २०८१

ओंठ फुट्ने समस्याले सताएको छ ? यस्ता छन बच्ने उपाय

नेपालखोज २०७६ मंसिर २२ गते ७:१५

पुरुषको तुलनामा प्रायः महिलाहरुमा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ । घरेलु उपाय अपनाएर पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।
१. ओंठ बेलाबेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन् । यसो गर्दा नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पु¥याउँछ ।
२. घर बाहिर निस्किँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैँन्।
३. बाहिरी वातारवरणमा जाँदा लिपगार्ड वा लिपिस्टिक लगाउँदा पनि ओंठ फुट्नबाट बच्न सकिन्छ ।
४.पानी धेरै पिउनु पनि यो समस्याबाट बच्ने उपाय हो ।
५. दैनिक बदाम र सुन्तला सेवन गर्दा पनि यस समस्याबाट बच्न सकिन्छ ।
६. विभिन्न घरेलु उपाय अपनाउँदा पनि ओंठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाँउनु पर्छ ।

प्रतिक्रिया