शुक्रबार, वैशाख ७, २०८१

आज मङ्गलबार गणेशको पुजा गर्नुहोस । आजको दिन तपाई यस्तो छ ।

नेपालखोज २०७६ मंसिर २४ गते ६:२७

मङ्गलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ। साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

आज २४ मंसिर २०७६ मंगलवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक पक्ष कमजोर रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया