शुक्रबार, वैशाख १४, २०८१

के हो उच्च रक्तचाप ? यसका लक्षण र रोकथामका उपाय

नेपालखोज २०७६ मंसिर २६ गते ७:५२

उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ ।
अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ । केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्छन् ।

उच्च रक्तचापका लक्षणहरूः
१. रक्तचाप धेरै बढेपछि टाउको दुख्ने, नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ ।
२. लामो समयदेखि उच्च रक्तचापको बिरामीलाई विभिन्न जटिलताहरू जस्तैः मुटुरोग वा मिर्गौला सम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ ।
३. परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने सम्भावना हुन्छ । यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूम्रपान गर्नाले वा मधुमेह रोगले पनि उच्च रक्तचाप हुने जोखिम बढाउँछ ।
४. उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधीहरू उपलब्ध छन् । त्यसमध्ये चिकित्सकले तपाईंको आवश्यकता अनुसार कुनै औषधी छनोट गर्न सक्नेछन्।
५. रक्तचापको दीर्घकालीन नकारात्मक असरबाट बच्न यी औषधी नियमित सेवन गर्न जरुरी छ।

उच्च रक्तचापको रोकथाम र व्यवस्थापन
१. आफ्नो जीवनशैलीलाई परिवर्तन गर्ने ।
२. सन्तुलित आहारमा बढी जोड दिने वा आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।
३.खानामा नुनको प्रयोग कम गर्ने ।
४.फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने ।
५. नियमित शारीरिक व्यायाम गर्ने ।
६. धूम्रपान नगर्ने ।
७. समयमै चिकित्सकसँग परामर्श लिने ।
८. पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउने ।
९. नियमित रुपमा औषधी सेवन गर्ने । अन्यथा ती औषधी लाभदायी हुँदैनन् ।
१०. उच्च रक्तचापका बिरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइ राख्नु पर्छ । साथै चिकित्सकको निर्देशन अनुसार समय–समयमा स्वास्थ्य जाँच गराउन जानुपर्छ । यसो गर्नाले तपाईंको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने थाहा पाउन सकिन्छ । र सोही अनुसार चिकित्सकले औषधीको मात्रा समायोजन गर्नेछन् ।
११. चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्न छाड्नुहुँदैन । यदि औषधीको कारण केही प्रतिकूल असर भएमा यसबारे आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ ।

प्रतिक्रिया