शुक्रबार, वैशाख ७, २०८१

पर्यटन क्षेत्रमा लगानी गर्न विदेशी लगानी कर्ताको चासो

नेपालखोज २०७६ पुष १० गते १०:०६

१० पुस, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो ।

साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । गत वर्ष समीक्षा अवधिमा ९ अर्ब ७६ करोड ६७ लाख ७० हजार मात्रै लगानी प्रतिबद्धता आएको थियो ।

अघिल्लो वर्ष १ सय ७६ उद्योगमा लगानी प्रतिबद्धता रहे पनि लगानी रकम भने न्यून थियो । चालू आर्थिक वर्षको लगानी प्रतिबद्धता हेर्दा नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताले विशेष चासो देखाएको पाइन्छ ।

आर्थिक वर्ष ०७६र७७ को पाँचमहिने अवधिमा कृषि र वनस्पतिजन्य ३ वटा उद्योगमा ३४ करोड ७४ लाख लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै, ऊर्जा क्षेत्रका ५ वटा परियोजनामा ४ अर्ब ९७ करोड ८७ लाख ८० हजार लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधि क्षेत्रका २४ उद्योगमा ५ अर्ब ३५ करोड ९० हजार तथा उत्पादन क्षेत्रका १७ उद्योगमा २ अर्ब ३८ करोड ८४ लाख ७० हजार लगानी प्रतिबद्धता आएको छ ।

प्रतिक्रिया