शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्यमा ४ सयले वृद्धि

नेपालखोज २०७७ माघ ६ गते ११:५१

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ४ सय रुपैयाँले बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ मा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया