‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिलोमा जावलाखेल र नेपाल पुलिस भिड्दा दोस्रोमा मनाङ र थ्री स्टार भिड्ने
नेपालखोज
२०७६ माघ ४ गते १०:२५
४ माघ, काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार आज दुई खेल हुदैछन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन् । दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ ।
पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ । जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।
यस्तै शनिबार आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ ।
सम्बन्धित
प्रतिक्रिया