आइतबार, वैशाख १४, २०८२

कोरोना भाइरसको परीक्षण अब नेपालमै गर्न सकिने

नेपालखोज २०७६ माघ ८ गते ७:५५

मानव स्वास्थ्यलाई असर गर्ने नयाँ प्रकृतिको मानिएको कोरोनाभाइरस परीक्षणका लागि विदेश जान नपर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमै यो भाइरसबाट शंकास्पद मानिएका विरामीहरुको नमुना परीक्षण गर्न सकिने प्रबिधी तयारी अवस्थामा राखिएको छ ।

यस्तै प्रविधीका लागि आवश्यक पर्ने केमिकलहरु विश्व स्वास्थ्य संगठनको समन्वयमा भित्र्याउन लागिएको थियो । कोरोना भाइरस परिक्षणका लागि आबश्यक केमिकलहरु एक हप्ताभित्र नेपाल आइपुग्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । शंकास्पद विरामीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै परिक्षण गर्न सकिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोनाभाइरसका लक्षणहरु ज्वरो आउने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकि लाग्ने लगायत रहेका छन् । हाल भेटिएका भाइरस सन् २००२–२००३ मा चीन र हंङकङमा फैलिएको सार्स प्रकोपको भाइरस एक प्रजाति हो ।

प्रतिक्रिया