शुक्रबार, चैत १६, २०८०

सानिमा बैंकको खराब कर्जा बढ्दै, नाफा दरमा भने सुधार

नेपालखोज २०७६ माघ १० गते १३:४२

काठमाडौँ । सानिमा बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा आफ्नो नाफा दर बढाएको छ । ६ महिनासम्म उसले १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६.८३५ बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ९८ करोड २० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकका अनुसार पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९५ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी भएसँगै खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाश ः १३.५४ प्रतिशत र १६.५० प्रतिशत ले बढेको छ । बैंकको चुक्ता पुँजी १० प्रतिशत ले बढेको छ ।

चुक्ता पुँजीको आकारभन्दा खुद नाफा केही बढी बढेकाले प्रतिसेयर आम्दानी बढ्न सहयोग पुगेको हो । प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसाले बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा छ । बैंकको खराब कर्जा भने बढेको ६ महिनाको समिक्षामा देखिन्छ ।

प्रतिक्रिया