भारतीय टेलिभिजन शो कि अभिनेत्री सेजलले गरिन आत्महत्या
नेपालखोज
२०७६ माघ ११ गते ८:२९
एजेन्सी । भारतीय टेलिभिजन शो कि अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन् ।
उनको घरबाट सुसाइड नोट पनि भेटिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सेजलले पछिल्लो पटक स्टार प्लसको ‘दिल तो ह्याप्पी है जी’ मा काम गरेकी थिइन् ।
प्रहरी इन्सपेक्टर संदीप कदमका अनुसार सेजलले सुसाइड नोटमा निजी कारण देखाउँदै आत्महत्या गरेको उल्लेख गरेको छ । उनी केहि समयदेखि डिप्रेसनमा रहेको बताइएको छ ।
यसअघि टेलिभिजन कलाकार कुशल पंजाबीले पनि आत्महत्या गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया