शनिबार, वैशाख १५, २०८१

‘रइस’की अभिनेत्री माहिरा खानलाई कोरोना संक्रमण

नेपालखोज २०७७ मंसिर २८ गते २०:३४

एजेन्सी । पछिल्लो समय बलिउड कलाकारहरुलाई कोरोना संक्रमण भएको खबर आइरहेको छ । यसैबीच, पाकिस्तानी सुपरस्टार माहिरा खान पनि कोरोना चपेटामा परेकी छिन् । माहिराले बलिउड सुपरस्टार शाहरुख खानसँग चलचित्र ‘रइस’ बाट डेब्यू गरेकी थिइन् ।

माहिरले आफू कोरोना संक्रमित भएको खबर सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी हुन् । उनी लेख्छिन्, “मेरो कोरोना पोजेटिभ आएको छ । म आइसोलेसनमा छु । पछिल्लो केही दिनदेखि मेरो सम्पर्कमा हुनु भएका सबैलाई खबर गरिसकेकी छु । समय कठिन छ । तर, यो चाँडै ठिक हुने आशा छ । कृपया मास्क लगाउनुहोला र सबै सावधानी अपनाउनु होला ।” उनी बलिउडमा आउनु अघि एमटीभीको पाकिस्तानी शो ‘मोस्ट वान्टेड’ की होस्ट थिइन् ।

प्रतिक्रिया